• बैशाख २३ २०८३, बुधबार

स्थानीय मदिरालाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिन्छ : बालेन साह

असार ५ २०७९, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय मदिरालाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् ।

आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।