काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको नयाँ युगतिर लैजानका लागि गठबन्धन कायम गर्ने बताएका छन् ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताए । उनले संघीय र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया टुङ्गोमा पुर्याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामुहिकतामा नै जाने बताए ।
देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उनले भने , “अहिले पनि समस्या र चुनौति त छन्, यद्यपी गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।” अहिले देशमा एक्लै हिड्ने प्रवृत्ति र मिलेर हिड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उनले बताए ।