• बैशाख ३१ २०८३, बिहीबार

निहारिका राजपूतले दायर गरेको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश

असार २ २०७९, बिहीबार

जनकपुरधाम । न्यायको माग गर्दै अनसनरत निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दा हेरिरहेको उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउने आदेश दिएको छ ।

निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको हो । आरोपित श्रेष्ठलाई झिकाउने आदेश भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको छ । २१ दिनभित्र आरोपित अदालतमा हाजिर नभए एकल पैरवी हुने उनले बताए ।