• बैशाख २३ २०८३, बुधबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक: मन्त्री परिवर्तन गर्ने निर्णयलाई अनुमोदन

असार १ २०७९, बुधबार

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टीको सचिवालय बैठकले गरेको मन्त्री परिवर्तन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले स्थायी कमिटीले सचिवालयको निर्णय अनुमोदन गरेको जानकारी दिए । मन्त्री  रहेकाहरूलाई फिर्ता बोलाएर अन्य नेतालाई मन्त्री बनाउने एकीकृत समाजवादीको सचिवालयले गरेको उक्त निर्णय स्थायी कमिटीले अनुमोदन गरेको हो ।

स्थायी कमिटीले बजेट पारित भएलगत्तै मन्त्री फिर्ता बोलाउने र नयाँलाई मन्त्री बनाउने निर्णय गरेको हो ।