• बैशाख ३१ २०८३, बिहीबार

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धारको पूर्वाभ्यास

असार १ २०७९, बुधबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वाभ्यास) गरिएको छ ।

विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर आज बुधबार पूर्वाभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो ।