• बैशाख ३१ २०८३, बिहीबार

आज भुम्या पर्व मनाइँदै, प्रदेश सरकारले दियो सार्वजनिक विदा

असार १ २०७९, बुधबार

काठमाडौं । मगर समुदायको परमरागत तथा सांस्कृतिक पर्व भुम्या मनाइँदै छ ।

आज (बुधबार) रुकुम, रोल्पा लगायत मगर समुदायको बाहुल्यता रहेका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विशेष गरी रुकुम पुर्व र रोल्पामा आज भुम्या पर्व मनाइँदै छ ।

हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले आफ्नो पुख्र्यौली देवी देवताको पूजापाठ गर्नुका साथै मौलिक तथा संस्कृति झाँकी पनि प्रस्तुत गर्दछन् ।

यो पर्वमा दशै तिहारमा जस्तै निम्तालु आदान–प्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने पर्व हो ।

भुम्या पर्व परापूर्वकालदेखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व मानिन्छ ।

यस पर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रुकुम रोल्पाबासीलाई शुभकामना ब्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसंस्कृतिको धनी भएको उल्लेख गर्दै भूम्या पर्वको अवसरमा रुकुम रोल्पालीहरुको सांस्कृतिक पर्व भएको भन्दै मुख्यमन्त्री केसीले शुभकामना व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुम पूर्वमा आज सार्वजनिक बिदा दिएको छ ।

त्यस्तै संघीय राजधानी काठमाडौंको टुडीखेलमा पनि यो पर्वको अवसरमा विशेष कार्यक्रम गरी मनाइँदैछ ।