• बैशाख ३१ २०८३, बिहीबार

जब राज्यमन्त्रीले ‘एकराज तेरो होइन, मेरो लोग्ने हो छिटो निकाल’ भन्दै मीनाको कपाल लुछ्न थालिन्..

जेष्ठ ३१ २०७९, मंगलवार

घोराही । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले उजुरी दिएकी छन् । उनले उजुरीमा आफू र नाबालिक छोरी एन्जिला बस्नेतमाथि हातपात गरेको उल्लेख गर्दै उजुरी दिएकी छन् ।

‘निजले ढोका खोल भनी मेरो पर्खालको गेट हानेकीले मैले मन्त्री आउनुभएको रहेछ भनी गेटको चावी ल्याइ गेट खोल्नासाथ निज मेरो घरमा आई ढोका खोली भित्र पसेपछि म पनि कोठमा आई के कामले आउनुभएको हो भन्नासाथ निज विमला वलीले एकराज तेरो लोग्ने होइन मेरो हो तुरुन्त निकाल भनेपछि मैले मेरो श्रीमान् घरमा हुनुहुन्न भन्नासाथ निजले एक्कासी मेरो कपाल समाती लुछी पल्टाई मलाई लात्ती र मुड्कीले हानी मेरो मोबाइल भित्तामा हानी फालिदिएपछि मैले तपाईं मन्त्रीजस्तो पदमा बसेकी हुनुहुन्छ भन्दा पनि नमानी मेरो दराजसमेत तोडफोड गरी मलाई अपशब्द प्रयोग गर्दै हातपात गरी राखेको अवस्थामा मेरी नाबालक छोरी एन्जिला बस्नेतले आमालाई नमारीदिनुस् भन्दै रोइकराई गर्दै छुट्टयाउन आएपछि छोरीलाई पनि समातेर लछारपछार गर्दै हातपात गरिसकेपछि मैले हार गुहार माग्दा छिमेकीहरु आए,” उनले भनेकी छन् ।

उनले निवेदनमा आफूमाथि हातपात गरी दराज तोडफोड गरेको र अभद्र व्यवहार गरेको हुँदा हदैसम्मको कारबाही गरिपाऊँ भनी उनले निवेदन दिएकी छन् ।

उनले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा निवेदन दिएकी हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको आफ्नो घरमा मन्त्री वली एक्कासी प्रवेश गरेर हातपात गरेको मीनाको निवेदनमा उल्लेख छ ।