• बैशाख ३१ २०८३, बिहीबार

अमेरिका नेक्सेस: विश्व बैंकका दुई उच्च अधिकारी नेपाल भ्रमणमा आउँदै

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणको गतिबिधि बढिरहेको बेला विश्व बैंकका दुई उच्च अधिकारी अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्।

अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्वका बैंक अन्तर्गत विकास नीति तथा साझेदारी हेर्ने प्रबन्ध निर्देशक मारी पङ्गेस्तु र बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष हार्टविग सेफर असार ५ गते नेपाल आउने भएका हुन् । विश्व बैंक मुख्यालयले दुई उच्च अधिकारीको नेपाल भ्रमणबारे जानकारी गराइसकेको छ । उनीहरु एक साता नेपालमा रहने छन् । लामो समयदेखि विश्व बैंक नेपालमा सक्रिय छ। यस अन्तर्गतका धेरैजसो परियोजनामा अमेरिकाका सामरिक तथा रणनीतिक स्वार्थ गाँसिएको आरोप लाग्ने गरेको छ।

देउवा नेतृत्वको सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनसँगै उनीहरु उत्साहित देखिन्छन् । त्यसो त देउवाले सरकारको नेतृत्व सम्हालेपछि नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि अमेरिका र अन्य पश्चिमा विकास साझेदार मुलुक उत्साहित छन् ।

ति उच्च अधिकारीले नेपालमा रहदाँ उनीहरुरुले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्रफ जनार्दन शर्मा । उर्जामन्त्री पम्फा भुषाललाई भेट्ने कार्यक्रम छ । अमेरिकाको वासिङटनमा विश्व बैंकको मुख्यालय छ । नेपालमा एमसीसी पास भएपछि डेढ साताअघि मात्रै विश्व बैंकले नेपालका लागि ८ करोड बरारबरको अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको थियो ।

यसअघि वैशाख अन्तिम साता अमेरिकी विकास नियोग यूएसएआईडीले नेपाललाई झन्डै ८० अर्ब रुपैयाँ बराबरको अनुदान सहायता पाँच वर्षमा दिने घोषणा गरेको थियो। पश्चिमा दातृ निकाय नेपालको अहिलेको सरकारप्रति सकारात्मक हुनुमा भूराजनीतिक स्वार्थ पनि मिसिएका छन्। अमेरिकी उच्च अधिकारी र ठूला दातृ निकायको एक पछि अर्को भ्रमणले छिमेकी चीनले नजिकबाट हेरिरहेको छ ।