• बैशाख २३ २०८३, बुधबार

स्वास्थ राज्यमन्त्री प्रहरी नियन्त्रणमा !

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ निवासी एक महिलालाई घरमै गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।

घटनाबारे अनुसन्धान भइरेहेको स्वारले बताए ।

बिहान ८ बजे मन्त्री वलीले ती महिलालाई कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।