काठमाडौं । सशस्त्र प्रहरीका ९ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
बढुवा समितिको आज सोमबार बसेको बैठकले ९ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।
एसएसपीमा बढुवा हुने एसपीहरु दिपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र विनोदराज श्रेष्ठ र प्रकाश थापा रहेका छन् ।
