काठमाडौं । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्स पठाउने प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले बेलायतमा नर्सलाई पठाउन लागिएको बताए ।
मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताएका छन् ।