• बैशाख ३१ २०८३, बिहीबार

आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

आईजिपी नियुक्ती विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ ।

सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाइको मिति तोकिएको हो । अब असार ५ गते पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।