• बैशाख ३१ २०८३, बिहीबार

राष्ट्रिय एकता अभियानका अध्यक्षले किन मागे बि.आर.आई परियोजनाको पूर्ण विवरण ?

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौँ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल र चीनबिच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बी.आर.आई) सम्झौता परियोजनाको सम्पूर्ण विवरण माग गरेका छन् ।

उनले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बी.आर.आई परियोजनाको सम्पूर्ण विवरण माग गरेका हुन् ।

उनले मेरो अध्ययन प्रयोजनको लागि आवश्यक रहेको भन्दै बी.आर.आई परियोजनाको सम्पूर्ण विवरणको प्रमाणितप्रति उपलब्ध गराइ दिन हुन अनुरोध गर्दै निवेदन गर्दा गराएका हुन् ।

उनले दर्ता गरेको निवेदनमा बी.आर.आई समझौताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै उनले बी.आर.आई.समझौता अन्तर्गत नेपालमा सञ्चालनमा रहेका परियोजनाहरुको नाम र ठेगाना समेत उपलब्ध गराउन माग गरेका हुन् ।

बी.आर.आई. अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुको लागत र लागतको श्रोतको विवरण समेत उनले माग गरेका छन् ।

बी.आर.आई.अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुमा भएको खर्चमा अनुदान रकम कति र ऋण कति रहेको छ । यदि ऋण रहेको छ भने त्यस रकम को ब्याज इत्यादि विवरण पनि उनले माग गरेका छन् ।

बिआरआई परियोजना चिनले नेपाल र चिनको व्यापारमा सहजताको लागि तयार पारेर नेपाललाई प्रस्ताव गरेको परियोजना हो । केपी ओलीको सरकारको पालामा चीन र नेपाल बिच यो सम्झौता भएको हो । तर ओलीले यो परियोजनालाई लागू गर्न खासै चासो दिइनन् ।

बरु उनी अमेरिकी एममसीसी परियोजना ल्याउनेतिर लागे । एमसीसी संसदबाट पास भइसकेको छ । एमसीसी पास भएसँगै नेपालमा अमेरिकी अधिकारी तथा  मन्त्रीहरुले निकै चासोका साथ भ्रमणलाई बढाएका छन् ।

यसै बिचमा चिनियाँ बिआरआई र अमेरिकी एमसीसी परियोजनाका कारण नेपालमा द्धन्द बढ्ने खतरा बढ्दै गएको छ ।