• बैशाख २३ २०८३, बुधबार

आसन्न आमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई बोलाउने संसदीय समितिको निर्णय

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरिएको छ ।

असार ५ गते बस्ने बैठकका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य राम कार्कीले जानकारी दिए ।

सरकार प्रमुखको आसन्न आमेरिका भ्रमणबारे देउवासँग छलफल गर्न लागेको बताइएको छ । यस्तै, बैठकमा परराष्ट्र मन्त्री नारायण खड्कालाई पनि बोलाउने निर्णय भएको सदस्य कार्कीले बताए ।