• बैशाख २८ २०८३, सोमबार

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल नेपाली सेनाको तालिम केन्द्र भ्रमणमा

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी आर्मीका कमान्डर जनरल चाल्र्स ए फ्लाइनसहितको सदस्य टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।

भ्रमण टोलीलाई पाँचखालमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट त्यहाँको वस्तुस्थिति लगायत विविध पक्षको बारेमा जानकारी गराए  ।  भ्रमणदलका सदस्यहरुबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको थियो ।

भ्रमणदलले आइतबारनै शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरेको थियो ।