काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले तीन दिनभित्रमा ब्रुमर सञ्चालनमा ल्याइने बताएका छन् ।
आज आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।
चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । त्यो समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए ।
बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा मेयर साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए।
उपमेयर सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताए। साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ ।