तानसेन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को पाल्पा जिल्ला समितिको विशेष बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले दिग्दर्शनको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।
उक्त समितिले प्रथम जिल्ला भेला गर्ने समेत निर्यण गरेको छ । साथै सो पार्टी महिला, युवा, पत्रकार, विद्यार्थी, किसान, मगर, कुमाल लगायतका मोर्चाहरुको जिल्ला भेला समेत गर्ने निर्यण गरेको छ ।
बैठकले शैक्षिक विकृति, स्वास्थ्य माफिया, वातावरणीय पर्यावरणको दोहन, कृषक समस्या, मेडिकल माफिया, लघुवित्तको ठगी, मिटर ब्याजीहरुका विरुद्धमा संघर्ष केन्द्रित गर्ने भएको छ । साथै बैठकले राष्ट्रियता र जनतन्त्रका विषयमा संघर्ष गर्ने निर्णय पनि भएको छ ।
उक्त पार्टीले आफ्नो पार्टीका तत्कालीन दिर्घकालिन रणनीतिक एवम् कार्यनीतिक सवालहरुमा जिल्ला भरि भित्तेलेखन समेत गर्ने भएको छ ।
बैठकमा प्रमुख अतिथि तथा रुपन्देही पाल्पा जिल्ला ईन्चार्ज प्रवेश र नवलपरासी ईन्चार्ज सितलको उपस्थिति रहेको थियो ।