• बैशाख २८ २०८३, सोमबार

देउवाबारे भीम रावलको टिप्पढी: ‘०५२ मा महाकाली बेचे, सातौ पटकमा नेपालकै अस्तित्व नरहन सक्छ’

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा देशको नेतृत्व पुग्दा हरेक पटक अनिष्ट हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताएका हुन्।

‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो’, उनले भने, ‘फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो। अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ।’