• बैशाख २३ २०८३, बुधबार

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, नेता घनश्याम भुसालमाथिको कारबाही मुख्य एजेण्डा

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ ।

आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।

बैठकको मुख्य एजेण्डा नेता घनश्याम भुसालले केही साता पहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गरेको टिप्पणी र कारबाही रहेको स्रोतले बताएको छ ।