• बैशाख २८ २०८३, सोमबार

ट्रकको ठक्करबाट बाबु-छोरीको मृत्यु, चालक फरार

जेष्ठ २९ २०७९, आईतवार

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका-९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु-छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो ।

दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।