• बैशाख २८ २०८३, सोमबार

काठमाडौं उपत्यका दुर्गन्धित, सडक र गल्लीको सबै फोहोर उठाउन कति दिन लाग्ला ?

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो ।

कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो ।

मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उनको दाबी छ ।

कामपाले स्थानीयसँग सम्झौता भए लगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।