काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गरिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका थिए । उनलाई नेपाली सेनाको उद्धार गरेको छ ।
परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।
यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।