• बैशाख २३ २०८३, बुधबार

आगामी निर्वाचनमा एमालेलाई पहिलो स्थानमा ल्याउन  अहिलेदेखि कार्यकर्ता परिचालित हुनुपर्छ :  ओली

जेष्ठ २७ २०७९, शुक्रबार

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई पहिलो स्थानमा ल्याउन  अहिलेदेखि कार्यकर्ता परिचालित हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिए ।