• बैशाख २८ २०८३, सोमबार

मिटर ब्याजमा रकम उपलब्ध गराएको थाहा पाए खबर गर्नु : गृह मन्त्रालय

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाएमा खबर गर्न जानकारी दिएको छ ।

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न /नगराउन भनेको हो।

‘त्यस्ता कार्य प्रचलित कानुनअनुसार दण्डनीय भएकोले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले नगर्नु नगराउनु हुन र यस्ता गतिविधिहरू भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनुहुन सर्वसाधारणमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

गृहले मिटर ब्याजमा रकम उपलब्ध गराउने, सो बापत घर जग्गा लिखत पास गरी लिने दिने, यस बापत कानुन विपरीत ठुलो रकम ब्याज स्वरूप असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने कार्य गैर कानुनी भएको पाइए कानुनबमोजिम कारबाही गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।