• बैशाख २३ २०८३, बुधबार

नेकपा (बहुमत) सिन्धुलीले प्रजिअलाई बुझायो मूल्य वृद्धिविरुद्ध ज्ञापनपत्र

जेष्ठ २७ २०७९, शुक्रबार

सिन्धुली । नेकपा (बहुमत) सिन्धुलीले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलिमा ज्ञापनपत्र बुझाएको छ ।

आज सिन्धुलि जिल्ला प्रशासन कार्यालयमा पुगेर नेकपा (बहुमत) रामेछाप–दोलखा–सिन्धुलीका इन्चार्ज विनय शर्मा र सिन्धुली संयोजक पार्थ कटुवालले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने लाई जनताको ढाडै सेक्ने गरी निरन्तर वृद्धि गरिएको पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुको मूल्य अविलम्ब घटाउन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउन माग गरे ।

इन्चार्ज शर्माले पार्टीले जनताका पक्षमा, जनतालाई नै साथमा लिएर भ्रष्टाचारी, कालोबजारिया र तस्करलाई निगरानी र कारबाही गर्ने निर्णय गरेको जानकारी गराउँदै यसमा प्रशासनको साथ आवश्यक रहेको पनि प्रस्ट पारेका थिए । दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सबै देशभक्त शक्तिको आवश्यकता पर्ने पनि इन्चार्ज शर्माले बताएका थिए ।

शर्माको कुरा लाइ समर्थन जनाउदै कार्यक्रम शान्ति पुर्न तरिकाले अगाडि बढाउन हुल दुङ्गा नगर्न आग्रह प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले आग्रह गरेका थिय।