• बैशाख २८ २०८३, सोमबार

नेकपा (एकीकृत) समाजवादीले गर्यो कडा संघर्षको घोषणा

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै फोहोर व्यवस्थापन नभए र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।

जेठ २५ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग अघि सारेको थियो । यस्तै, उक्त पार्टीले पेट्रोलियम पदार्थको विकल्प खोजिनुपर्ने पनि माग समेत गरेको छ ।

सम्मेलनमा प्रवक्ता जन्जिर शाहीले पार्टीको केन्द्रीय बैठकले गरेका निर्णयहरु सुनाउँदै कमिसन खोरहरूको अन्त्य गर्नुपर्ने बताए ।

‘कमिसन खोर र भ्रष्टाचारीहरुलाई तत्काल कारवाही गर्न हामीले जोडदार माग गरेका छौ’, शाहीको भनाइ छ ।
दिनप्रतिदिन भ्रष्टाचार, महँगी, पेट्रोलियम पदार्थको मूल्य बढेकोप्रति आपत्ति जनाउँदै इम्बोस्ड नम्बरमा करोडौं चलखेल भएको चर्चाबारे सरकारले जवाफ दिनुपर्ने बताए ।