• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

जेष्ठ २७ २०७९, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।