काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच पुनः भेटवार्ता भएको छ ।
केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् ।
यस क्रममा फोहोर व्यवस्थापनका लागि सहजीकरणका लागि शाहले देउवालाई आग्रह गरेको बताइएको छ ।