• बैशाख २८ २०८३, सोमबार

बञ्चरेडाँडाका आन्दोलनरत स्थानीयसंग विवाद समाधानका लागि भोलि वार्ता हुने

जेष्ठ २६ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ ।

काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि चुलिएको विवादमा प्रहरीले धरपकड गर्न थालेपछि आन्दोलन अझ उग्र बनेको छ ।

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच भोलि वार्ता हुने भएको हो । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुने छ ।

मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।

भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतको सहभागीता रहने जनाइएको छ ।