• बैशाख २३ २०८३, बुधबार

विदेशमा रहेका नेपालीले पनि भोट हाल्ने अधिकार पाउनु पर्छ : सांसद कमला पन्त

जेष्ठ २६ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएकी हुन् ।

मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै सांसद पन्तले विदेशिएका नेपालीले सो अधिकार गुमाइरहेको उल्लेख गरिन् ।

‘नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो । मौलिक हकमा पनि छ । नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइराखेका छन्’ उनले भनिन् ।

कुल मतदाताको २० प्रतिशत विदेशमा रहेको भन्दै पन्तले ती नागरिकलाई मतदान गर्न पाउने संवैधानिक हकबाट बञ्चित गराउन नहुने बताइन् ।