अछाम । अछाम किशोर मृत्यु प्रकरणमा पाँच दिनपछि शव उठाइएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि मृतकका आफन्तजन र प्रहरी प्रशासनबिच सहमति भएपछि शव उठाइएको हो ।
१७ जेठमा बेपत्ता भएका विनोदको शव २१ गते घर नजिकैको कुच्ची भिरको खोँचमा भेटिएको थियो । घटनाका सन्दर्भका आफन्तहरूको किटानी जाहेरी दर्ता गर्ने , शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ ।
पीडित परिवारका तर्फबाट मृतकका दाजु डम्बर शाही र जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्ट बिच लिखित सहमति भएको नेकपा एमाले पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए छन् ।
सहमति भएसँगै किशोरको शव पोष्टमार्टमका लागी मंगलसैन लगिएको छ ।
मृतकका परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी गर्न खोज्दा प्रहरीले दर्ता नगरको भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् ।