• बैशाख २८ २०८३, सोमबार

दार्चुलामा जीउँदै शरीरमा आगो लगाएर एक महिलाको हत्या, दुई जना पक्राउ

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । दार्चुलामा जीउँदै शरीरमा आगो लगाएर एक महिलाको हत्या गरिएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको हो ।

शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको शरीरमा आगो लगाएर हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

खडायतको शव गए राति फेला परेको विष्टले बताए । उनका श्रीमानको ७ वर्षअघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।