काठमाडौं । अब नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ ।
नेपालस्थित भारतीय दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको छ ।
भारतीय नागरिक भएको पहिचान खुल्ने परिचयपत्र (पासपोर्ट वा भोटर आईडीकार्ड), अध्ययन वा रोजागरी गरिरहेको संस्थाले उपलब्ध गराउने प्रमाणपत्र, बसोबास गरिरहेको स्थानको ठेगाना, दुई प्रति पासपोर्ट साइजको फोटो लगायतका आवश्यक कागजात पेश गरी रजिस्ट्रेशन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।