काठमाडौं। प्रहरीले कारको डिक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँ बरामद गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गामा नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन्।