• बैशाख २३ २०८३, बुधबार

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता र वैवाहिक अंगीकृतसम्बन्धी कानुनीलाई निरन्तरता दिनुपर्ने

जेष्ठ २४ २०७९, मंगलवार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । आज –मंगलबार) लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका हो ।

प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइ तथा संविधान संशोधन लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

लोसपाका नेता शरदसिंह भण्डारीले नागरिकता विधेयक, मधेश आन्दोलन र थरुहट आन्दोलनमा क्रममा थुनामा रहेका बन्दीहरुको मुद्दा फिर्ता र रिहाइ लगायतका विषय समावेश गरी ज्ञापनपत्र बुझाएको बताए ।

‘संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जेलमा रहेका नेता रेशम चौधरी लगायतका राजनीतिकबन्दीहरुलाई अविलम्ब रिहाइ गरियोस् ।’

मधेस तथा थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका मुद्दा फिर्ता गर्न, महोत्तरी र कैलालीमा रहेका बन्दीहरुलाई अविलम्ब रिहाइ गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । सरकारले आफूहरुको मुद्दामा सकारात्मक संकेत देखिएकाले नेता भण्डारीले बताए ।