• बैशाख २३ २०८३, बुधबार

जिसस निर्वाचनमा सत्तारूढ दल माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेबीच गठबन्धन, बहुमत पुग्ला ?

जेष्ठ २४ २०७९, मंगलवार

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चुनावी गठबन्धन हुने भएको छ । जिसस सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुने भएको हो ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ र माओवादी केन्द्रले उपप्रमुखसहित ३ पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सार्ने बताइएको छ ।

सुर्खेतमा एमालेका ९, माओवादी केन्द्रका १, कांग्रेसका ८ जना मतदाता छन् । यद्यपि माओवादी केन्द्र र एमालेको गठबन्धन भए स्पष्ट बहुमत पुग्नेछ ।