काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–२ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत एक छात्राको ज्यान गएको छ । ज्यान गुमाउने छात्रा नवीना थारु छिन् ।
आज हिजो (सोमबार) विहान स्थानीयले खेतमा जोतखन गर्ने क्रममा बाघले आक्रमण गरेपछि स्थानीय घाइते भएका थिए । बाघबाट असुरक्षित महसुस गर्दै स्थानीयले सुरक्षाको माग राख्दै दिउँसो प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।
प्रदर्शनकारीले बाटो अवरुद्ध गरेपछि खुलाउने क्रममा प्रहरीमाथि नै ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फका हबल्दार पार्वता खड्का सामान्य घाइते भएकी छन् ।
उक्त घटनाको छानविन गर्न ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।