• बैशाख २८ २०८३, सोमबार

सरकारी कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन नक्कली र किर्ते कागजात पेश, कारबाहीको नाममा आलटाल

जेष्ठ २४ २०७९, मंगलवार

काठमाडौं । कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहनका लागि छात्रवृत्ति उपलब्ध गराउने सरकारी घोषणापछि ९ सय १० कर्मचारीले आफ्ना छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउन संघीय मामिला मन्त्रालयमा निवेदन दिएका छन् । तीमध्ये केहीले निवेदनमा नक्कली कागजात पेस गरेको पाइएको छ ।

कर्मचारी समायोजनका बेला संघमा समायोजन हुन केहीले नक्कली बिरामी भएको प्रमाण पेस गरेझैं छोराछोरीलाई छात्रवृत्ति दिलाउन पनि केहीले नक्कली विवरण पेस गरेको पाइएको हो ।

chसंघीय मामिला मन्त्रालयको जनशक्ति योजना तथा विकास महाशाखाले छात्रवृत्तिका लागि कर्मचारीले पेस गरेका निवेदनको छानबिन गरिरहेको छ ।

यसका लागि महाशाखाका उपसचिव हरि ज्ञवालीको संयोजकत्वमा दुईजना शाखा अधिकृतलाई खटाइएको छ । आफ्ना छोराछोरीलाई छात्रवृत्ति दिलाउन कर्मचारीले पेस गरेका निवेदनमाथि रुजु गर्ने काम भइरहेको महाशाखा प्रमुख रहेका सहसचिव नारायण अर्यालले बताए ।

‘कसैले नक्कली कागजात पेस गरेको पाइए त्यसमा पनि छानबिन हुन्छ,’ अर्यालले भने, ‘अहिले हामी सबै कागजात एकएक गरी प्रमाणित गरिरहेका छौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।