• बैशाख २८ २०८३, सोमबार

काठमाडौंको फोहोर भोलिबाट उठाउने सहमति

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति भएको हो ।

सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।

स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए अनुरुप भोलि ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिइन् ।

शहरी विकास मन्त्रालय, काठमाडाैैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।