• बैशाख २३ २०८३, बुधबार

आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज,कहिलेदेखि लागु हुँदै ?

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ ।

सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरेको निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गरिएको एक मन्त्रीले जानकारी दिए ।

यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।