• बैशाख २८ २०८३, सोमबार

मन्त्री र कर्मचारीले कमिसनको लोभमा इम्बोस्ड नम्बर राख्न लगाइरहेछन् : सांसद प्रेम सुवाल

जेष्ठ २३ २०७९, सोमबार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।

‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छैन । सामान्य, साधारण नम्बर प्लेट भए हुन्छ ।’
इम्बोस्ड नम्बरको खाँचो नभएको बताउँदै सांसद सुवालले भने, ‘यो मन्त्रीहरु, कर्मचारीहरुले कमिसनको लोभमा जबरजस्ती गर्न लागिएको प्रपञ्च बाहेक केहि होइन ।’

सो अवसरमा सांसद सुवालले सबै कुरामा कमिसनलाई मात्र नदेख्न समेत मन्त्रीहरुलाई आग्रह गरे ।