• बैशाख २८ २०८३, सोमबार

यौन हिंसा विरुद्धको संशोधन विधेयक सर्वसम्मतिले पारित

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।

सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिएका थिए ।