• बैशाख २३ २०८३, बुधबार

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोजमा महाधिवेशन गर्ने भएको छ ।

उदयपुरको रौतामाइमा भएको १३औं केन्द्रीय कमिटीको बैठकले असोज १–८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने भएको हो ।

पार्टी विभाजनपछि महाधिवेशनको मिति तय भएको केन्द्रीय सदस्य शरद वलीले जानकारी दिए ।

चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित निर्णय पार्टी नेतृत्वले उल्लंघन गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा बहुमत गठन भएको छ।

सो बैठकले महासचिव विप्लवको स्थानीय तह निर्वाचन उपयोग गर्ने प्रस्ताव असफल पारेको थियो।

बैठकले पार्टी चुनावमा सहभागी नहुने तर एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको थियो। तर विप्लव निकट नेताहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजन भएको थियो।