काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका छन् ।
मन्त्री फेर्ने निर्णयपछि पार्टीबाट बन्ने मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
यसअघि आजै एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
पार्टीको निर्णयपछि नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका थिए । सुरुमै ६ महिनाका लागि मन्त्री बनाइएको भनेर भनिएको उनको भनाइ थियो । पार्टीको निर्णयपछि प्रचण्डसँग भेटका लागि नेपाल खुमलटार पुगेको स्राेतले जनाएकाे छ ।