• बैशाख २३ २०८३, बुधबार

गठबन्धनमा इमान्दारिता नभएर चुनावमा अपेक्षाकृत नतिजा आएन : डा.भट्टराई

जेष्ठ २१ २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसक्नुको कारण गठबन्धनमा इमान्दारिता नभएकाले बताएका छन् ।

जिल्लाको चुनावी समीक्षाबारे पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा इमानदारीता नभएर भनेका छन् ।

“विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो”, उनले भने, “जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन ।” डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए  ।