काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो महानगरले पहिलो वैठक लाइभ गरेसंगै चौतर्फी प्रशंसा गर्न थालिएको छ । मेयर बालेन्द्र साहले महानगरको कार्यपालिका बैठक लाइभ गर्ने निर्णयको सबैले स्वागत गरेका थिए ।
यही तरिका अपनाउदै कैलालीको धनगढी उपमहानगरपालिकाले पनि कार्यपालिकाका सबै बैठक ‘लाइभ’ गर्ने भएको छ। धनगढीका नगरप्रमुख गोपाल हमालले निर्णय प्रक्रियालाई पारदर्शी बनाउन कार्यपालिका बैठक लाइभ गर्ने निर्णय भएको बताए ।
शक्रबार भएको कार्यपालिका बैठक उपमहानगरले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ गरेको छ। अर्को बैठक सोमबारका लागि बोलाइएको छ।