• बैशाख २८ २०८३, सोमबार

फौजदारी कसूर तथा कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पेस

जेष्ठ २० २०७९, शुक्रबार

काठमाडौं ।  संसदमा फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरेका हुन् ।

यसअघि शुक्रबार नै मन्त्री कोइरालाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका थिए ।