• बैशाख २३ २०८३, बुधबार

विप्लवकै जिल्लामा बहुमत पार्टीको जिल्ला भेला

जेष्ठ १९ २०७९, बिहीबार

कपिलवस्तु । नेत्र चन्द विप्लवकाे जिल्ला कपिलवस्तुमा आज कंचनले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला भेला भएको छ ।

आज कपिलवस्तु जिल्लाकाे शिवनगर नगरपालिका नजिकै उक्त भेला भएको थियोे । भेलामा सयौं नेताकार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।

भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज सार्दुलले कम्युनिस्ट पार्टी भनेको गरीब मजदुर पार्टी भएको बताए ।  उनले नेपालका कम्युनिस्ट पार्टीहरु यस्तो नभएर जनताको बिरुद्धमा,देशकाे विरुद्धमा जाने मालिकहरु सेवा गर्ने सत्तामा पुगेर धाेका दिने र पतन हुने गरेको बताए  ।

यसकारण आफुहरुले त्यस्ताका धाेकाका विरुद्ध लड्दै निरन्तर अगाडि श्रमजीवी वर्गको पक्षमा लडिरहेको बताउनुभयो । यस्तै उक्त भेलालाई कपिलवस्तु जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य शेरमानले विप्लवकाे वैज्ञानिक विचार नभएको कारण उनि पार्टी भित्र र जनताहरुबाट हारेकाे बताए  ।

उनले  गुण्डागर्दि शैलीमा प्रस्तुत हुने,कम्युनिस्ट वैज्ञानिक र परिवर्तनशिल विचार च्युत भएको कारणले १२ औं केन्द्रीय समितिकाे बैठकमा उनलेे ल्याएको स्थानीय चुनाव उपयाेगकाे कार्यक्रम पार्टीकै अत्याधिक बहुमतले खारेज गर्याे तर पनि उनलेे १२ औं केन्द्रीय समितिकाे बैठक निर्यण उल्लंघन गर्दै स्वतन्त्र चुनावमा उठेर जाँदा पनि क्रान्तिकारी जनसमुदायले सर्वनास पराजित गरिदिएको बताए  ।

क्रान्तिकारी जनता र कार्यकर्ताको चाहाना विपरीत कसरी पराजित भईन्छ भन्ने कुरा प्रचण्ड गद्दारी देखि विप्लव गद्दारी सम्मले स्पष्ट पारिदिए ।  यसकारण क्रान्तिकारीहरु माथि धाेका दिनु भनेको पराजित हुनु हाे । उनले बताए ।

यस्तै उक्त कार्यक्रममा स्वागत मन्तव्य रामशरण काेरिले राख्नु भएको थियोे भने अध्यक्षता ग्रहण वीर बहादुर विश्वकर्माले गरेमा थिए  । उक्त भेलाले वीर बहादुर विश्वकर्मा संयाेजकत्वमा १९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको थियो ।  उक्त भेलामा एकीकृत माओवादी  केन्द्र नेता महमद खान बहुमत पार्टीमा प्रवेश गरेका थिए ।