• बैशाख २८ २०८३, सोमबार

पल शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतको आदेश जारी

जेष्ठ १९ २०७९, बिहीबार

काठमाडौं  । उच्च अदालत पोखराले पनि जिल्लाको आदेशलाई सदर गर्दै पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।  शाह जिल्लाले गरेको सो फैसलाउपर उच्च उदालत पोखरामा गएका थिए ।

बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यले  भने, ‘१० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिरहनु पर्दैन भन्ने आदेश भएको छ ।’