काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ ।
यही महिनाको १२ गतेदेखि १६ गतेसम्म उदयपुरमा सम्पन्न भएको केन्द्रीय कमिटीको निर्णय आगामी शुक्रबार पत्रकार सम्मेलनमार्फत गराउने भएको हो ।
नेकपाको बैठकले असोज १ गते पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टीका शीर्ष नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरेपछि पहिलो पटक विप्लव नेतृत्वको नेकपाको बैठक उदयपुरमा बसेको थियो ।
पत्रकार सम्मेलन राष्ट्रिय नाचघर जमलमा हुनेछ ।